नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै मन्तव्यको अन्त्यमा “जय नेपाल” उच्चारण गरेका छन्।
शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति वाचन गरेका गभर्नर पौडेलले करिब ३० मिनेट लामो मन्तव्यपछि धन्यवाद ज्ञापन गर्दै “जय नेपाल” भन्दै नीति सार्वजनिकको औपचारिकता टुंग्याए।
नेपालमा “जय नेपाल” भन्ने शब्दप्रति सामान्य अर्थमा राष्ट्रिय गौरव र एकता झल्काउने मानिन्छ। तर, नेपाली राजनीतिक वृत्तमा यो अभिव्यक्ति नेपाली कांग्रेससँग विशेष रूपमा जोडिएको छ। नेपाली कांग्रेसका नेताहरूले प्रायः मन्तव्य वा सार्वजनिक सम्बोधनमा “जय नेपाल” प्रयोग गर्दै आएका छन्।
गभर्नर पौडेल विगतमा नेपाली कांग्रेससँग आबद्ध थिए। उनी नेपाली कांग्रेसको सिफारिसमा गभर्नरमा नियुक्त भएका थिए भने प्रतिनिधि सभा निर्वाचनमा चितवन–१ बाट उम्मेदवारसमेत बनेका थिए। सो निर्वाचनमा उनी रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।
पढ्नुहोस मौद्रिक नीति सम्बन्धि सम्बन्धित समाचार:
सेयर धितो कर्जाको सीमा बढ्याे, अब अधिकतम २५ करोडसम्म कर्जा पाउने
सेयर धितो कर्जाको सीमा बढ्याे, अब अधिकतम २५ करोडसम्म कर्जा पाउने
घर कर्जाको सीमा ३ करोड पुग्यो, पहिलो घर किन्दा ८०% सम्म ऋण पाइने
ऋणीहरूसँग संवादका लागि नेपाल राष्ट्र बैंकको कार्यक्रम सञ्चालन हुने
अब बैंक पिच्छे केवाईसी भरिरहनु नपर्ने, राष्ट्रिय परिचय पत्रबाट लिन सकिने
भूकम्प प्रभावित जाजरकोट र रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा
राष्ट्र बैंकले विदेशी कम्पनीलाई लगानीको लाभांश फिर्ता लैजान सहजीकरण गर्ने
बैंक तथा वित्तीय संस्थाहरूले अब नन्-डेलिभरेबल फरवार्डमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया