insta insta

शिखर पावर डेभलपमेन्टको १ लाख बढी कित्ता सेयरको लक–इन सकिँदै

शिखर पावर डेभलपमेन्टको १ लाख बढी कित्ता सेयरको लक–इन सकिँदै
Advertisement Ads

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी २०८३ असोज २ गते समाप्त हुने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि असोज २ गते समाप्त हुने जानकारी कम्पनीले दिएको हो।

कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो।

बाँकी सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो। उक्त सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाउने गरी लक–इनमा राखिएको थियो।

छ महिनाको उक्त अवधि असोज २ गते पूरा हुने कम्पनीले जनाएको छ। कम्पनीको सेयर रजिस्ट्रारको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।

Screenshot 1 9 2026 122656 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-of-over-100000-shares-of-shikhar-power-development-is-ending | %tags Screenshot 1 9 2026 12278 www.nepalstock.com https://bajarkochirfar.com/lock-in-of-over-100000-shares-of-shikhar-power-development-is-ending | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स