यस वर्षको बडादसैँका अवसरमा सेयर लगानीकर्ताहरूले लामो बिदा पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार भोलि असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ८ गते आइतबारसम्म लगातार ९ दिन बन्द रहने भएको हो।
यस वर्ष असोज ३१ गते फूलपाती परेको छ। त्यसैगरी, कात्तिक १ गते महाअष्टमी र कात्तिक २ गते अष्टमी परेको छ। यस वर्ष अष्टमी दुई दिन परेको छ। कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजया दशमी मनाइनेछ।
त्यसपछि कात्तिक ५ र ६ गते दसैँ बिदा रहनेछ। कात्तिक ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा परेकाले उक्त अवधिमा पनि सेयर बजार बन्द रहनेछ।
यसरी असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म नेप्सेको कारोबार बन्द रहनेछ भने कात्तिक ९ गते सोमबारदेखि मात्रै सेयर बजार पुनः सञ्चालनमा आउनेछ।


अन्त्यमा, नेपालीहरूको महान् पर्व बडादसैँको पावन अवसरमा सम्पूर्ण सेयर लगानीकर्ता, व्यवसायी, पाठकवर्ग तथा स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!
बजारको चिरफार परिवार।

प्रतिकृया
celebrities happy dashai days