लाभांश पाउन कुन कम्पनीको सेयर कहिलेसम्म किन्ने ? ११ कम्पनीको बुक क्लोज र साधारणसभा मिति यस्तो

Advertisement Ads
लाभांश पाउन कुन कम्पनीको सेयर कहिलेसम्म किन्ने ? ११ कम्पनीको बुक क्लोज र साधारणसभा मिति यस्तो
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न बुक क्लोज मिति घोषणा गरेका छन्। यी सबै कम्पनीले वार्षिक साधारणसभाको मितिसमेत सार्वजनिक गरिसकेका छन्।

घोषित लाभांशमध्ये सोल्टी होटलले सबैभन्दा धेरै ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १६.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

त्यस्तै, सर्वोत्तम सिमेन्टले २१ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १३.३७५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले ११.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत, आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत र नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन्।

यसैगरी, एनएमबी बैंकले ७ प्रतिशत, युनाइटेड इदी–मर्दीले ५.२६३२ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।

Advertisement Ads

११ कम्पनीको बुक क्लोज, लाभांश र साधारणसभा मिति

क्र.सं. कम्पनी बुक क्लोज बोनस सेयर नगद लाभांश कुल लाभांश AGM मिति
१ ग्लोबल आइएमई लघुवित्त मंसिर ११ ६% ३.५०% ९.५०% मंसिर २३
२ एनएमबी बैंक मंसिर ११ — ७% ७% मंसिर २५
३ लक्ष्मी सनराइज बैंक मंसिर १४ ५% ०.२६% ५.२६% मंसिर २५
४ फर्स्ट माइक्रोफाइनान्स मंसिर १५ — ११.०५२६% ११.०५२६% मंसिर २८
५ युनाइटेड इदी–मर्दी मंसिर १६ ५% ०.२६३२% ५.२६३२% मंसिर २५
६ मितेरी डेभलपमेन्ट बैंक मंसिर १६–पुस ४ ५% ६% ११% पुस ४
७ नेपाल एसबिआई बैंक मंसिर १७ ३.४०% ४.८५% ८.२५% मंसिर २९
८ सिक्लेस हाइड्रोपावर मंसिर १८ १२.७०६% ०.६६९% १३.३७५% मंसिर २७
९ आरएसडीसी लघुवित्त मंसिर १८ — ९.४०% ९.४०% पुस ३
१० सर्वोत्तम सिमेन्ट मंसिर १८ ६% १५% २१% पुस २
११ सोल्टी होटल पुस १ २०% १६.८४२१% ३६.८४२१% पुस २१

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स