आज (मंसिर ७ गते) दुईवटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। महुली लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।
दुवै संस्थाको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी प्रस्ताव पारित गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।
महुली लघुवित्तको १० प्रतिशत लाभांश
महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको १८५औँ बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले असार मसान्तसम्म कायम ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा चुक्ता पूँजीका आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस सेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गरिनेछ। नगद लाभांश बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत प्रस्ताव गरिएको हो।
स्वावलम्बन लघुवित्तको ५ प्रतिशत लाभांश
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भने कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
संस्थाले असार मसान्तसम्म कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गरिनेछ। यस्तै, बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ।
दुवै संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराएर मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

प्रतिकृया
Suraj sada