महुली लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

Advertisement Ads
महुली लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको १८५औँ बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाले २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसाको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर वितरणका लागि ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा छुट्याइएको छ। यस्तै, बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनसमेतका लागि ०.५० प्रतिशत नगद लाभांशस्वरूप १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ।

संस्थाले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स