रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख २३ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित मल्टीपर्पस फाइनान्सलाई जानकारी गराएको छ।
मल्टीपर्पस फाइनान्सले मंसिर ७ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै यसबारे जानकारी दिएको हो।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि पाँच दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रतिकृया