आज एकैदिन ३ कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?

Advertisement Ads
आज एकैदिन ३ कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

आज (मंसिर १ गते) तीनवटा नेप्सेमा सूचीकृत कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। लाभांश घोषणा गर्ने कम्पनीहरूमा सर्वोत्तम सिमेन्ट, सानिमा माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर रहेका छन्।

१. सर्वोत्तम सिमेन्ट : २१ प्रतिशत लाभांश

सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको २४३औँ बैठकले उक्त लाभांश प्रस्ताव गर्दै आगामी पुस २ गते आठौँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजे सुरु हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।

२. सानिमा माई हाइड्रोपावर : १५ प्रतिशत लाभांश

Advertisement Ads

सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि आयोजना हुने १५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गर्नेछ।

३. नेपाल हाइड्रो डेभलपर : १०.५३ प्रतिशत लाभांश

नेपाल हाइड्रो डेभलपर लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्नेछ।कम्पनीको कात्तिक २९ गते अपराह्न ५ बजे बसेको सञ्चालक समितिको १००औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स