सिटी होटल लिमिटेडका संस्थापक सेयरधनी कुमुद गोल्याणले आफ्नो नाममा रहेको ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले कार्तिक ३० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै गोल्याणले उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको जानकारी गराएको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त भएपछि कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनका बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। कम्पनीले सेयर बिक्रीसम्बन्धी सूचना प्राप्त भएपछि नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार सिटी होटलले उक्त जानकारी सार्वजनिक गरेको हो।

प्रतिकृया