मंसिरमा ६ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिँदैछ ब्याज?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ३० गते
Advertisement Ads
मंसिरमा ६ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिँदैछ ब्याज?
Advertisement Ads

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ दर मंसिर १ गते मंगलबारदेखि लागू हुनेछ।

नयाँ ब्याजदरअनुसार ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशतविन्दुले कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरेको छ। त्यस्तै, कृषि विकास बैंकले ०.५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। अब बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत कायम भएको छ।

यसैगरी, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।

Advertisement Ads

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दिने बैंक सानिमा बनेको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर कायम गरेको छ। व्यक्तिगततर्फ सानिमापछि एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन्।

त्यस्तै, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

बैंकहरूको ब्याजदरमा आएको परिवर्तनसँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि ४ प्रतिशतभन्दा तल झरेको छ। कात्तिकमा ४.०१३ प्रतिशत रहेको औसत अधिकतम ब्याजदर मंसिरमा ०.१०७ प्रतिशतविन्दुले घटेर ३.९०६ प्रतिशत कायम भएको छ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट ०.०१२५ प्रतिशतविन्दुले घटेर २.९९०५ प्रतिशतमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स