सरकारले कम्तीमा ५० प्रतिशत भौतिक प्रगति पूरा गरेका जलविद्युत् आयोजनालाई आइपिओ जारी गर्न दिने व्यवस्था प्रस्ताव गरेको छ। यसले निर्माणाधीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन सुरु हुनुअघि नै सर्वसाधारणबाट लगानी जुटाउने बाटो खोल्नेछ।
पूर्वाधार सम्मेलनको अगाडी ल्याउन लागिएको लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। मस्यौदाअनुसार आयोजनाको ५० प्रतिशत भौतिक प्रगति पूरा भएको र आइपिओ निष्कासनका अन्य आवश्यक सर्त पूरा गरेको अवस्थामा विद्युत् उत्पादन सुरु नभए पनि कम्पनीले आइपिओ जारी गर्न पाउनेछ।

प्रतिकृया