महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, कति पाइन्छ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, कति पाइन्छ बोनस र नगद ?
Advertisement Ads

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको कात्तिक २० गते शुक्रबार बसेको सञ्चालक समितिको ६५७औँ बैठकले हाल कायम चुक्ता पुँजीको ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ ।

बैंकको २०८३ असार मसान्तसम्म कायम ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा चुक्ता पुँजीका आधारमा १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर र १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण हुनेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

Advertisement Ads

Screenshot 6 11 2026 1629 www.nepalstock.com https://bajarkochirfar.com/mahalaxmi-bikas-bank-has-announced-dividends-how-much-bonus-and-cash-will-be-received | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स