युवालाई निःशुल्क एआई तालिम दिँदै सरकार, यसरी दिनुहोस आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १५ गते
Advertisement Ads
युवालाई निःशुल्क एआई तालिम दिँदै सरकार, यसरी दिनुहोस आवेदन
Advertisement Ads

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘Mastering AI with Effective Prompt Engineering’ (एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन) विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको छ।

तालिम आगामी कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म सहभागी हुन सक्नेछन्।

तालिममा च्याटजीपीटी, क्लडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ। साथै, तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत समेटिनेछ।

च्याटजीपीटी, क्लडलगायतका एआई उपकरणको प्रयोगदेखि प्रभावकारी प्रम्प्ट लेखन, प्रस्तुतीकरण तथा भिडियो निर्माणसम्मका व्यावहारिक सीप सिकाइने
Idea

तालिमले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको छ। अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्याससमेत हो। यस कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइ आगामी दिनमा ठूलो सङ्ख्यामा युवाहरूलाई लक्षित गरी सञ्चालन गरिने अनलाइन तथा अन्य सीपमूलक तालिमहरूको पहुँच विस्तार र प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Advertisement Ads

“एआई सम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुनु हुँदैन। प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिमहरू सञ्चालन गरी देशभरका ठूलो सङ्ख्यामा युवाहरूलाई एआई प्रविधिमा दक्ष र सक्षम बनाउने हाम्रो लक्ष्य छ,” युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको भनाइ छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदकहरूलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।

आवेदन लिंक:  https://forms.gle/7sAikUMaBUM7YkNK8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स