नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेको माइस्थान शाखा समायोजन गर्ने भएको छ। बैंकले डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको र वीरगञ्ज क्षेत्रमा बैंकका शाखा उल्लेख्य रहेकाले माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखामा गाभ्ने निर्णय गरेको हो।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ कात्तिक १६ गते सोमबारदेखि माइस्थान शाखाको एकीकृत कारोबार वीरगञ्ज सिटी अफिस शाखाबाट सञ्चालन हुनेछ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा रहेको सिटी अफिस शाखा माइस्थान शाखाबाट करिब एक किलोमिटर दूरीमा छ।
शाखा समायोजनपछि माइस्थान शाखाका सम्पूर्ण ग्राहकको खाता तथा व्यक्तिगत विवरण कायम रहने वीरगञ्ज सिटी अफिस शाखामा स्थानान्तरण हुने बैंकले जनाएको छ।


प्रतिकृया