हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?
Advertisement Ads

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कात्तिक ११ गते बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा यी दुई समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गरिनेछ।

यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ। त्यसमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका बासिन्दाले आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरिएको छ। यसमा सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

कति कित्ताका लागि आवेदन दिन पाइन्छ?

Advertisement Ads

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कहाँबाट दिने आवेदन?

स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ आज बिहान १० बजेपछि भर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स