सिद्धार्थ बैंकबाट अब अनलाइनमै सेयर धितो कर्जाका लागि आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १० गते
Advertisement Ads
सिद्धार्थ बैंकबाट अब अनलाइनमै सेयर धितो कर्जाका लागि आवेदन दिन सकिने
Advertisement Ads

सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप BankSmart XP प्रयोग गरी सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार एपमा Easy Loan > Loan Services > Loan Against Share विकल्पमा गएर आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ग्राहकले धितो राख्ने सेयरको मूल्यांकनका आधारमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्।

बैंकले ग्राहकको व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

सेवाबारे थप जानकारी लिन बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिनेछ।

868174136 2019837878725171 4514823768350073783 n 1 https://bajarkochirfar.com/siddhartha-bank-now-allows-you-to-apply-for-share-collateral-loans-online | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स