एनआईसी एसिया बैंकले २०८३ माघ १ गतेदेखि आफ्नो आईटच इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। बैंकले सूचना जारी गर्दै हालका ग्राहकलाई २०८३ पुस ३० गतेभित्र वैकल्पिक बैंकिङ सेवामा स्थानान्तरण हुन आग्रह गरेको छ।
बैंकका अनुसार ग्राहकले आईटच इन्टरनेट बैंकिङको सट्टा ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन्। उक्त सेवामा दर्ता भई सक्रिय गर्न बैंकको आधिकारिक ई–सेवा पोर्टलमार्फत प्रक्रिया पूरा गर्न सकिनेछ।
यसैगरी, आईटच इन्टरनेट बैंकिङ सेवामा नयाँ दर्ता तथा नवीकरणको कार्यसमेत बन्द गरिएको बैंकले जनाएको छ।


प्रतिकृया