नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाका विषयमा लगानीकर्ता तथा सरोकारवालासँग छलफल सुरु गरेको छ।
छलफलमा नेपाल सेयरधनी संघका धनश्याम पाण्डे, दीपक रत्न शाक्य, तुलसीराम ढकाल, लगानीकर्ता तिलक कोइराला र नेपाल सेयरबजार लगानीकर्ता संघका हरीबहादुर केसी लगायत सहभागी भएका छन्।
सेबोनले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो होल्डिङको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने र कम्पनीले नेप्सेमार्फत सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
यही व्यवस्थाको औचित्य, कार्यान्वयन तथा लगानीकर्ताका चासोका विषयमा छलफल गर्न सेबोनले सरोकारवालालाई बोलाएको थियो।

प्रतिकृया