कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्थाअनुसार ३५ दिने सूचना जारी गरी उक्त सेयर बिक्रीमा राखेको थियो।
तोकिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिद नभएपछि बैंकले बाँकी सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।

प्रतिकृया