असोज १६ गतेसम्म सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनले कति दिँदैछ?

असोज १६ गतेसम्म सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनले कति दिँदैछ?
Advertisement Ads

विकास हाइड्रोपावर, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्।

विकास हाइड्रोपावरले हाल कायम चुक्ता सेयरपुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराहीमा बिहान ९ः३० बजे हुनेछ। सभाले बोनस सेयर जारीपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन र लगानी अनुमोदनलगायतका प्रस्ताव पारित गर्नेछ।

कुमारी बैंकले करसहित २.०१५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २६औँ वार्षिक साधारण सभा असोज २८ गते सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडकमा बिहान ११ बजे हुनेछ। सभाले वित्तीय विवरण स्वीकृत, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पारित गर्नेछ।

सिटिजन्स बैंक इन्टरनेसनलले ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २०औँ वार्षिक साधारण सभा असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे हुनेछ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पेस हुनेछन्।

यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरले करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारण सभा असोज ३० गते हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स