इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी शशिकान्त अग्रवालले आफ्नो नाममा रहेको कम्पनीको सम्पूर्ण सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार अग्रवालले आफूसँग रहेको १ लाख २५ हजार १० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशय व्यक्त गरेका छन्। उक्त सेयर कम्पनीको कुल सेयरको २.२५ प्रतिशत हो।
कम्पनीले अग्रवालबाट सेयर बिक्री गर्ने आशयसम्बन्धी निवेदन कात्तिक १९ गते प्राप्त गरेको जनाएको छ। उनले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख २५ हजार १० कित्ता सेयर अर्थात् १०० प्रतिशत होल्डिङ बिक्री गर्न लागेका हुन्।
अग्रवालले व्यापार व्यवसायका लागि पूँजी निर्माण गर्ने उद्देश्यले सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनबमोजिम प्रारम्भिक सार्वजनिक निष्काशनका बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।


प्रतिकृया