सात वटा कम्पनीहरूको लाभांश पारित गर्न आज वार्षिक साधारणसभा बस्दैछ। डिप्रोक्स लघुवित्त, नबिल बैंक, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर, हिमालयन लघुवित्त, बुटवल पावर र इमर्जिङ नेपालको वार्षिक साधारणसभा आज बस्न लागेको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारितका लागि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बिहान १० बजेदेखि २४औँ वार्षिक साधारणसभा बस्दैछ।
नबिल बैंक लिमिटेडको १२.५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेदेखि ४१औँ वार्षिक साधारणसभा बस्दैछ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि १९औँ वार्षिक साधारणसभा बस्दैछ।
कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्न चितवनको भरतपुरस्थित दियाले फूडल्याण्डमा बिहान ११ बजेदेखि १८औँ वार्षिक साधारणसभा बस्नेछ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि १४औँ वार्षिक साधारणसभा आयोजना हुँदैछ।
बुटवल पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको ६ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो २ बजेदेखि ३३औँ वार्षिक साधारणसभा आयोजना हुँदैछ।
त्यस्तै, इमर्जिङ नेपाल लिमिटेडले प्रस्ताव गरेको ५.२६३१५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको नयाँबानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि.मा बिहान ९ः३० बजेदेखि १०औँ वार्षिक साधारणसभा आयोजना गरिएको छ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया