बुटवल पावरको घट्न थाल्यो सेयर मूल्य, प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ ? 



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को सेयर मूल्य पछिल्ला केही हप्तादेखि लगातार बढेको थियो। तर पछिल्लो कारोबार दिनमा भने यसको मूल्यमा गिरावट आएको छ। आज बुटवल पावरको सेयर मूल्य ४.३१% ले घटेर ८३०.३७ रुपैयाँमा बन्द भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३७.४४ रुपैयाँले थोरै हो।

आज कम्पनीको सेयरको मूल्य न्यूनतम ८२० देखि अधिकतम ८८२  रुपैयाँका बीच कारोबार भएको छ। आज कम्पनीको ८ लाख ७१ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएको छ।प्राविधिक हिसाबले हेर्दा, लामो समयदेखि निरन्तर उकालो लागिरहेको बुटवल पावरको सेयरमा अहिले लगानीकर्ता उत्साहित हुन छाडेका हुन् कि भन्ने संकेत देखिन थालेको छ।


Advertisement

प्राविधिक इन्डिकेटर, बोलिन्जर ब्यान्डको अनुसार, सेयरमूल्य अहिले माथिल्लो सिमा (९३६.३४ रुपैयाँ) नजिक पुगेको छ, जसलाई सामान्यतया ‘ओभरबोट (Over bought)’ को अवस्था मानिन्छ। यस्तो अवस्थामा सेयर घट्न सक्ने सम्भावना धेरै हुन्छ। ब्यान्डहरूबीचको दूरी निकै फराकिलो भएकाले अहिले बजारमा अस्थिरता धेरै देखिएको छ।

सुपर ट्रेन्ड इन्डिकेटरले भने अझै पनि सकारात्मक संकेत देखाइरहेको छ।  यसले ७३९  सम्म आउदा पनि सकारात्मक नै देखाउछ । तर यदि मूल्य यस्तै घटिरह्यो भने सुपर ट्रेन्डले पनि  नकारात्मक संकेत दिन सक्ने सम्भावना छ।MACD इन्डिकेटरले हालसम्म सकारात्मक प्रवृत्ति देखाइरहे पनि MACD र सिग्नल लाइनबीचको दूरी क्रमशः घट्दै गएको छ। Histogram बारहरू साना बन्दै गइरहेका छन्, जसले बजारको गति सुस्त हुँदै गएको जनाउँछ। यदि यो क्रम जारी रह्यो भने छिट्टै MACD ले पनि बिक्री संकेत दिन सक्छ।

Accumulation/Distribution लाइन केही समयदेखि सीधा वा तल झर्ने प्रयासमा देखिन्छ। यसले बजारमा धेरै लगानीकर्ताहरूले मुनाफा लिएर बाहिरिने कोसिस गरिरहेका छन् भन्ने संकेत दिन्छ। Money Flow Index (MFI) हाल ७९.२१ मा छ, जुन ८० नजिकको ‘( over bought) स्तर हो। यसले देखाउँछ कि बजारमा अहिले सम्म धेरै खरीद भएको छ, तर अब त्यो चाप टिक्न सक्ने अवस्था छैन र बजार उल्टिन सक्ने सम्भावना बढेको छ।Stochastic RSI ले पनि सतर्क हुनुपर्ने अवस्था देखाएको छ। यसले %K र %D लाइनहरू ‘ओभरबोट’( over bought)’ क्षेत्रमा क्रस भएको देखाएको छ, जुन सेयर मूल्य घट्न सक्ने संकेत जनाउँछ।

Disclaimer: सेयर बजार जोखिमयुक्त क्षेत्र हो। कम्पनीको सेयरमूल्य विभिन्न कारणहरुले घटबढ हुन सक्छन्। माथि प्रस्तुत गरिएको विश्लेषण शैक्षिक तथा जानकारीमूलक उद्देश्यका लागि मात्र हो। यो कुनै पनि सेयर खरिद वा बिक्रीको प्रत्यक्ष सिफारिस (Buy/Sell Recommendation) होइन। लगानी गर्दा तपाईंले आफ्नै विश्लेषण र अनुसन्धान गर्नुपर्छ । समाचारमा उल्लिखित प्राविधिक सूचकहरू समयसँगै परिवर्तन हुनसक्ने भएकाले, निर्णय लिनु अघि आवश्यक सतर्कता अपनाउनुहोला।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर