भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्ध, पूर्वाधार, ऊर्जा, व्यापार, शिक्षा र पर्यटनलगायत विभिन्न क्षेत्रमा सहकार्यका घोषणा गरेका छन्। मोदीले गरेका प्रमुख घोषणा तथा प्रतिबद्धताहरू २० बुँदामा पढ्नुहोस् :
मोदीले गरेका २० प्रमुख घोषणा तथा प्रतिबद्धता
1. २४ हजार करोड रुपैयाँ सहयोग: नेपालको पुनर्निर्माण, दीर्घकालीन विकास र विपद् व्यवस्थापनका लागि २४ हजार करोड नेपाली रुपैयाँको विकास सहयोग प्याकेज घोषणा।
2. सरयू–कमला एक्सप्रेस: अयोध्या र जनकपुरबीच धार्मिक पर्यटन तथा यात्रालाई सहज बनाउन नयाँ रेल सेवा सुरु।
3. धार्चुला रोड ब्रिज: उत्तराखण्ड र नेपाल जोड्ने धार्चुला रोड ब्रिजको उद्घाटन।
4. बनबसा एकीकृत जाँच चौकी: भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास।
5. दोधारा–चाँदनी जाँच चौकी: नेपालतर्फ निर्माण हुने दोधारा–चाँदनी एकीकृत जाँच चौकीको काम तीव्र बनाउने प्रतिबद्धता।
6. कांडला र पारादीप बन्दरगाह: नेपालको पारवहन व्यापार सहज बनाउन दुई भारतीय बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने।
7. लोअर अरुण आयोजना: लोअर अरुण जलविद्युत् आयोजनाको शिलान्यास।
8. अरुण–३ आयोजना: अरुण–३ जलविद्युत् आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता।
9. मोतिहारी–अमलेखगञ्ज पाइपलाइन: पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन।
10. झापा पेट्रोलियम टर्मिनल: झापामा नयाँ पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास।
11. स्टार्टअप इन्क्युबेटर: नेपालमा स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्न भारतले सहयोग गर्ने।
12. नेपालमा IIT क्याम्पस: भारतले नेपालमा भारतीय प्रविधि संस्थान (IIT) को अफसोर क्याम्पस स्थापना गर्ने।
13. विद्यार्थी छात्रवृत्ति: नेपाली विद्यार्थीका लागि भारतमा कानुन र प्रविधि विषयको छात्रवृत्ति अवसर बढाउने।
14. एग्रो इन्डस्ट्रियल पार्क: नेपालको कृषि उत्पादन प्रशोधन र मूल्य अभिवृद्धिका लागि औद्योगिक पार्क विकासमा सहयोग गर्ने।
15. फिल्म तथा सिर्जनात्मक क्षेत्र: भारत र नेपालका युवा सिर्जनाकर्मीबीच सहकार्य बढाई साझा सांस्कृतिक सम्पदा विश्वभर पुर्याउने।
16. वेभ समिटमा नेपालको सहभागिता: आगामी वेभ समिटमा नेपालबाट ठूलो प्रतिनिधिमण्डललाई स्वागत गर्ने।
17. क्रिकेट पूर्वाधार: नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग बढाउने।
18. सडक तथा रेल कनेक्टिभिटी: बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्य र नेपालबीच सडक, रेल तथा सीमा पूर्वाधारका परियोजनालाई गति दिने।
19. धार्मिक तथा बौद्ध पर्यटन: लुम्बिनी, बोधगयालगायत दुवै देशका धार्मिक तथा बौद्ध स्थलबीच कनेक्टिभिटी बढाउने।
20. संयुक्त भिजन डकुमेन्ट: विकसित भारत र समुन्नत नेपालको साझा लक्ष्य प्राप्तिका लागि संयुक्त भिजन डकुमेन्ट सार्वजनिक गर्ने।

प्रतिकृया