भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्।
नयाँ दिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण आफूले महसुस गरेको बताएका हुन्।
‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भने।
उनले नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गरेको पनि बताए।
भारत सधैं नेपालको समृद्धि र विकास यात्रामा साझेदार रहँदै आएको उल्लेख गर्दै मोदीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण निर्णयहरू गरिएको बताए।
उनले नेपालसँग मिलेर आगामी दिनमा पनि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया