भारत भ्रमणमा अर्थमन्त्री वाग्ले पनि सहभागी, आजै नेपाली लगानीको अवसरबारे छलफल गर्ने

Advertisement Ads
भारत भ्रमणमा अर्थमन्त्री वाग्ले पनि सहभागी, आजै नेपाली लगानीको अवसरबारे छलफल गर्ने
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको दुईदिने राजकीय भारत भ्रमणमा सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै आज भारत प्रस्थान गरेका मन्त्री वाग्लेले भ्रमणका क्रममा नेपाल र भारतबीच हुने विभिन्न बैठक तथा छलफलमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले नेपाल सरकारको दोस्रो वरीयताका प्रतिनिधिका रूपमा दुई देशबीच हुने सम्पूर्ण बैठक तथा छलफलमा सहभागी हुनेछन्।

त्यस्तै, आज साँझ नै नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रको सहभागितामा आयोजना हुने नेपालमा लगानी आह्वानसम्बन्धी अन्तरक्रियालाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भारत प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै देखिएका थिए।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स