प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत जाँदै, ३४ सदस्यीय सरकारी टोली र ५२ व्यवसायी पनि सहभागी हुने

Advertisement Ads
प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत जाँदै, ३४ सदस्यीय सरकारी टोली र ५२ व्यवसायी पनि सहभागी हुने
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारत जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १:४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकारसहित ३४ सदस्यीय सरकारी टोली सहभागी हुनेछ। त्यस्तै, निजी खर्चमा ५२ जना व्यवसायी र विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि भ्रमणमा जानेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन्।

वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। साथै, ऊर्जा तथा पूर्वाधारसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Advertisement Ads

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स