एलपी ग्यास सिलिण्डरमा बढी मूल्य लिने एक स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
‘हेलो सरकार’ मा परेको गुनासोका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो। अनुगमनपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको ‘हेलो सरकार’ ले जनाएको छ।
ग्यासको बढी मूल्य लिएको भन्दै टिकट नम्बर HS-WEB-188… मार्फत उपभोक्ताले उजुरी गरेका थिए।
‘हेलो सरकार’ ले उपभोक्तालाई बढी मूल्य लिने तथा अन्य समस्याबारे गुनासो गर्न आग्रह गर्दै निःशुल्क फोन नम्बर ११११ र वेबसाइटमार्फत उजुरी दिन सकिने जनाएको छ।


प्रतिकृया