राष्ट्र बैंकका गभर्नरदेखि सञ्चालकसम्मको तलब–सुविधामा ३ करोड खर्च, कसले कति पाए?

Advertisement Ads
राष्ट्र बैंकका गभर्नरदेखि सञ्चालकसम्मको तलब–सुविधामा ३ करोड खर्च, कसले कति पाए?
Advertisement Ads

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको तलब, बोर्ड बैठक भत्ता र अन्य सुविधामा करिब ३ करोड रुपैयाँ खर्च गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार उक्त आर्थिक वर्षमा उनीहरूका लागि कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको हो।

सो अवधिमा गभर्नर र तीन जना डेपुटी गभर्नरको तलबमा मात्रै ४८ लाख ९६ हजार १०० रुपैयाँ खर्च भएको छ। गभर्नर विश्वनाथ पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार ५८० रुपैयाँ तथा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले समान ९ लाख ४९ हजार २६० रुपैयाँ तलब बुझेका छन्।

तलबबाहेक बोर्ड बैठकमा सहभागिताबापत पनि उनीहरूले छुट्टै रकम प्राप्त गरेका छन्। यस शीर्षकमा गभर्नर पौडेलले ५ लाख ६७ हजार रुपैयाँ, सञ्चालकसमेत रहेका अर्थसचिव डा. घनश्याम उपाध्यायले ३ लाख ४८ हजार १२० रुपैयाँ, डेपुटी गभर्नर पण्डितले २ लाख २५ हजार, तिम्सिनाले २ लाख ३४ हजार र मिश्रले २ लाख ७० हजार रुपैयाँ बुझेका छन्।

खर्च विवरणमा अन्य भत्ता तथा सुविधातर्फको रकम अझ बढी देखिएको छ। गभर्नर पौडेलले यस शीर्षकमा २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गर्दा अर्थसचिव उपाध्यायले ५ लाख ४० हजार रुपैयाँ बुझेका छन्। डेपुटी गभर्नर पण्डितले ४६ लाख ८ हजार ४१५ रुपैयाँ, तिम्सिनाले ४२ लाख ३५ हजार ७११ रुपैयाँ र मिश्रले ३८ लाख ९७ हजार ५११ रुपैयाँ प्राप्त गरेका छन्।

त्यसैगरी, सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ बुझेका छन्। डा. शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन्।

Advertisement Ads

अर्का सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार तथा अन्य भत्ता र सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

राष्ट्र बैंकको विवरणअनुसार उक्त अवधिमा गभर्नर, डेपुटी गभर्नर, अर्थसचिव तथा सञ्चालकहरूको तलबमा ४८ लाख ९६ हजार १०० रुपैयाँ, बोर्ड बैठक भत्तामा ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधामा २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको छ।

download 4 https://bajarkochirfar.com/30-million-spent-on-salaries-and-benefits-for-the-governor-and-directors-of-the-national-bank-who-received-how-much | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स