छठ पर्वका अवसरमा सरकारले थप एक दिन सार्वजनिक बिदा दिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार अब मंसिर १ गते सोमबार मात्र खुल्ने भएको छ।
गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिएको थियो।
कात्तिक २८ गते शनिबार साप्ताहिक बिदा, २९ गते छठ पर्वको सार्वजनिक बिदा र ३० गते सोमबार थप सार्वजनिक बिदा परेकाले नेप्से लगातार तीन दिन बन्द रहनेछ।
यससँगै अब नेप्सेको नियमित सेयर कारोबार मंसिर १ गते सोमबारदेखि मात्रै सञ्चालनमा आउनेछ।


प्रतिकृया