नेपाल एसबीआई बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २७ गते
Advertisement Ads
नेपाल एसबीआई बैंकले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको ५५२औँ बैठकले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी ३३औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ।

Screenshot 13 11 2026 10215 www.nepalstock.com https://bajarkochirfar.com/nepal-sbi-bank-has-announced-dividends-how-much-bonus-and-cash-is-it-giving | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स