लाभांश पारित गर्ने मुख्य एजेन्डासहित दुई कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल एसबीआई बैंक लिमिटेडको साधारणसभा हुन लागेको हो।
सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीको वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे बस्दैछ।
त्यसैगरी, नेपाल एसबीआई बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि बैंकको वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्नेछ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया