सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता सेयरको लकइन अवधि आगामी भदौमा सकिने भएको छ।
कम्पनीका संस्थापक सेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ५० हजार कित्ता सेयरको लकइन अवधि भदौ २७ गतेदेखि समाप्त हुनेछ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको सेयर लकइनमा राख्नुपर्ने प्रावधानअनुसार यी सेयरहरू हाल लकइनमा रहेका हुन्।
लकइन अवधि समाप्त भएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ।
प्रतिकृया