ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

ग्लोबल आइएमई लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

 ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको २३०औँ बैठकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको २०८३ असार मसान्तसम्मको चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ। प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको रकम छुट्याइनेछ।

त्यस्तै, ३.५ प्रतिशत नगद लाभांशका लागि २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा प्रस्ताव गरिएको छ। उक्त रकममा लाभांश करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि वितरणका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

Screenshot 29 9 2026 93859 www.nepalstock.com https://bajarkochirfar.com/global-ime-microfinance-announces-dividend-how-much-bonus-and-cash-is-it-giving | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स