६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि पुस १७ गते अन्तिम दिन रहेको छ। स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र अपि पावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत वितरण गर्ने गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले माघ ३ गते दिनको साढे ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७औँ वार्षिक साधारणसभा बोलाएको छ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते बिहान १० बजे टेम्पल बेल होटल, लेकसाइड पोखरामा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।
मेरो माइक्रोफाइनान्स लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान ९ बजे नुवाकोटको विदुर–४, बट्टारस्थित होटल बाटर टावरमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा पुस २९ गते बिहान ११ बजे रानी महल ब्याङ्क्वेट, ज्ञानेश्वोरमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान १० बजे श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको रजिस्टर कार्यलय, डिल्लीबजारमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।
अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते बिहान ११ बजे काठमाडौँको कार्की ब्याङ्क्वेट, बबरमहलमा २२औँ वार्षिक साधारण सभा बोलाएको छ।

















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया