दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्दैछ?

दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्दैछ?
Advertisement Ads

दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ। यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्व अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र तथा बाहिरिने सडकमा हुने ट्राफिक जामलाई कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय पनि गरिएको छ।

तर खाद्यान्न, औषधि, इन्धन र दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने उक्त रोक लागू हुने छैन।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स