नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न बुक क्लोज मिति घोषणा गरेका छन्। यी कम्पनीमध्ये सबैले वार्षिक साधारणसभाको मितिसमेत सार्वजनिक गरिसकेका छन्।
बुक क्लोज मिति घोषणा गरेका कम्पनीमध्ये अपि पावर कम्पनीले सबैभन्दा पहिले मंसिर ८ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वार्षिक साधारणसभा मंसिर १८ गते बस्ने तय भएको छ। यसअनुसार मंसिर ७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
त्यस्तै, युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। कम्पनीको वार्षिक साधारणसभा पनि मंसिर २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजना हुने भएको छ। यसअनुसार मंसिर ८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले मंसिर १० गते बुक क्लोज गर्ने जनाएको छ भने वार्षिक साधारणसभा मंसिर २३ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे बस्नेछ। यसअनुसार मंसिर ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
यसैगरी, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मंसिर १० गते बुक क्लोज गर्ने जनाएको छ। कम्पनीको १९औँ वार्षिक साधारणसभा मंसिर २३ गते दाङको घोराहीस्थित होटल माला इनमा बिहान १० बजे बस्नेछ। यसअनुसार मंसिर ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाले मंसिर ११ गते बुक क्लोज गर्ने जनाएको छ भने चौधौँ वार्षिक साधारणसभा मंसिर २३ गते पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालिमा बिहान ९ बजे बस्नेछ। यसअनुसार मंसिर १० गतेसम्म सेयर खरिद गरी नियमानुसार नामसारी भएका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
एनएमबी बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने जनाएको छ भने वार्षिक साधारणसभा मंसिर २५ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बस्नेछ। यसअनुसार मंसिर १० गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मंसिर १६ गते बुक क्लोज गर्ने जनाएको छ भने १७औँ वार्षिक साधारणसभा मंसिर २५ गते पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे बस्नेछ। यसअनुसार मंसिर १५ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
त्यस्तै, सर्वोत्तम सिमेन्टले सेयरधनीलाई सबैभन्दा धेरै २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने जनाएको छ भने आठौँ वार्षिक साधारणसभा पुस २ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजे बस्नेछ। यसअनुसार मंसिर १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।

प्रतिकृया