नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

Advertisement Ads
नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
Advertisement Ads

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चित नाफा कोषबाट लाभांश वितरण नगर्ने निर्णय सञ्चालक समितिले गरेको हो।

कम्पनीको मंसिर १ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।

कम्पनीले लेखापरीक्षण प्रक्रिया सम्पन्न गरी लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त गरिसकेको छ। उक्त प्रतिवेदनमाथि आफ्नो जवाफ लेखी लेखापरीक्षकसमक्ष पेस गरिसकेको कम्पनीले जनाएको छ।

बैठकले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको छ।

स्वीकृत वित्तीय विवरणहरू कम्पनीको आठौँ वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि प्रकाशन गर्ने प्रयोजनले नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गरिनेछ।

Advertisement Ads

कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरणहरू साधारण सभामा प्रस्तुत गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स