नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेका छन्।
नेष्डो समृद्ध लघुवित्तको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चित वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले सोही अनुसार वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ।
यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि पुस ६ गते बसेको सञ्चालक समितिको बैठकमार्फत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको छ। बैठकले सोही अनुसार वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको जनाएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया