बाढीले साहस ऊर्जाको लगानी रहेको ३४१ मेगावाटको आयोजनाको क्याम्प बगायो

बाढीले साहस ऊर्जाको लगानी रहेको ३४१ मेगावाटको आयोजनाको क्याम्प बगायो
Advertisement Ads

बूढीगण्डकी नदीमा आएको बाढीले साहस ऊर्जाको लगानी रहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाका कर्मचारीको आवास गृह (क्याम्प) बगाएको छ।

आयोजनाका सागर पाठकले बजारको चिरफारलाई दिएको जानकारीअनुसार घटनामा मानवीय क्षति भने भएको छैन। आयोजनामा भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको उनले बताए।

बाढीले तटीय क्षेत्रमा रहेका अन्य केही जलविद्युत् आयोजनाका क्याम्प तथा उपकरणसमेत बगाएको बताइएको छ। बाढीबाट भएको समग्र क्षतिको विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स