Investor Meet Investor Meet

जलविद्युत् क्षेत्र र सेयर बजारका सम्भावना तथा चुनौतीबारे छलफल गर्न ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’ आयोजना हुँदै

कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। तर, सहभागीका लागि १०० सिट मात्र उपलब्ध रहेकाले इच्छुक व्यक्तिले अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।
Advertisement Ads
जलविद्युत् क्षेत्र र सेयर बजारका सम्भावना तथा चुनौतीबारे छलफल गर्न ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’ आयोजना हुँदै
Advertisement Ads

नेपालको जलविद्युत् क्षेत्र र सेयर बजारको विगत, वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे छलफल गर्न बजारको चिरफारले ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’ आयोजना गर्ने भएको छ।

आगामी मंसिर १२ गते शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजमा दिउँसो १ बजेदेखि ४ बजेसम्म कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा जलविद्युत् क्षेत्र र सेयर बजारका अनुभवी व्यक्तिहरूसँग दुई छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ।

कार्यक्रमको पहिलो सत्रमा नेपालको जलविद्युत् क्षेत्रको विगत, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे छलफल हुनेछ। यस सत्रमा हाइड्रोपावर विशेषज्ञ तथा उद्यमी ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष गणेश कार्की र इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा सहभागी हुनेछन्।

जलविद्युत् क्षेत्रमा लामो अनुभव हासिल गरेका यी व्यक्तिहरूसँग नेपालको जलविद्युत् विकासको यात्रा, निजी क्षेत्रको भूमिका, लगानीका अवसर तथा चुनौतीबारे छलफल हुनेछ।

पछिल्लो समय चर्चामा रहेको विद्युत् ऐन, २०४९ संशोधन, विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालगायतका विषय पनि छलफलमा समेटिनेछन्। साथै, जलविद्युत् आयोजनामा लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष र यस क्षेत्रका सम्भावनाबारे पनि चर्चा हुनेछ। कार्यक्रमको दोस्रो सत्र सेयर बजारमा केन्द्रित हुनेछ।

Advertisement Ads

‘Stock Market Q&A: Your Questions, Their Insights’ नाम दिइएको यस सत्रमा जलविद्युत् उद्यमी तथा सेयर बजारका जानकार ज्ञानेन्द्रलाल प्रधान, सिटिजन्स स्टक ब्रोकर (ब्रोकर नम्बर ९१) का प्रमुख कार्यकारी अधिकृत मनिष अर्याल र प्राविधिक विश्लेषक अशोककुमार शाह सहभागी हुनेछन्।

यस सत्रमा सेयर बजारको अवस्था, लगानीका अवसर, जोखिम तथा बजार विश्लेषणलगायतका विषयमा छलफल हुनेछ। सहभागी लगानीकर्ताले प्यानलका सदस्यहरूसँग प्रत्यक्ष प्रश्न गर्न र आफ्ना जिज्ञासाको जवाफ पाउने अवसरसमेत प्राप्त गर्नेछन्।

बजारको चिरफारले विभिन्न क्षेत्रका अनुभवी तथा जानकार व्यक्तिहरूलाई लगानीकर्तासँग जोड्ने, उनीहरूका अनुभव र विचार साझा गर्ने तथा लगानीकर्ताबीच आपसी छलफल र अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने उद्देश्यले ‘पर्स्पेक्टिभ्स’ कार्यक्रम सुरु गरेको हो। यसअन्तर्गत भविष्यमा विभिन्न क्षेत्रका विषयमा पनि यस्ता छलफल आयोजना गरिनेछ।

कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। तर, सहभागीका लागि १०० सिट मात्र उपलब्ध रहेकाले इच्छुक व्यक्तिले अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।

प्राप्त आवेदनमध्येबाट सहभागी छनोट गरिनेछ र छनोट भएका व्यक्तिलाई इमेलमार्फत प्रवेश पास पठाइनेछ। प्रवेश पासबिना कार्यक्रममा सहभागी हुन पाइने छैन। कार्यक्रममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन्।

कार्यक्रमको आयोजना बजारको चिरफारले गरेको हो। कार्यक्रमको प्रायोजक Techspire College र मोबाइल एप्लिकेसन पार्टनर Share Hub रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स