Investor Meet Investor Meet

राष्ट्र बैंकले खारेज गर्यो राष्ट्रिय मनी चेञ्जरको इजाजतपत्र

Advertisement Ads
राष्ट्र बैंकले खारेज गर्यो राष्ट्रिय मनी चेञ्जरको इजाजतपत्र
Advertisement Ads

नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो।

राष्ट्र बैंकको धनगढी कार्यालयले २०८३ मंसिर १० गते सूचना जारी गर्दै मनी चेञ्जरको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ।

भारतीय मुद्रा खरिदबिक्री कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको उक्त कम्पनी भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको थियो।

कम्पनीको निवेदनपछि नेपाल राष्ट्र बैंक मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम राष्ट्र बैंकले २०८३ कात्तिक २० गते इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो।

Screenshot 26 11 2026 115427 www.nrb .org .np 1 https://bajarkochirfar.com/nepal-rastra-bank-revokes-license-of-national-money-changer | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स