हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १५औँ वार्षिक साधारण सभा बोलाएको छ।
लघुवित्तको साधारण सभा पुस ८ गते बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।
बुक क्लोज तथा सेयरधनी योग्यता
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ।
त्यसैले मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया