हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको कात्तिक १३ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २६२औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाको हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसा रहेको छ। प्रस्तावित लाभांशअनुसार १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर र ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश वितरण हुनेछ। दुवै गरी कुल १ करोड ७० लाख ५४ हजार ३०१ रुपैयाँ ७९ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।

Screenshot 2 11 2026 92025 www.nepalstock.com https://bajarkochirfar.com/himalayan-microfinances-dividend-announcement-bonus-and-cash-amount-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स