हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। बैंकले प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नति (Maintenance & Upgrade) कार्य भइरहेकाले दुवै सेवा बन्द भएको जानकारी दिएको हो।
बैंकका अनुसार सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर काम गरिरहेको छ। सेवा सुचारु हुनेबित्तिकै बैंकका आधिकारिक सञ्चार माध्यममार्फत जानकारी गराइने सूचनामा उल्लेख छ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गर्दै ग्राहकको धैर्यता, समझदारी र विश्वासप्रति आभार व्यक्त गरेको छ।


प्रतिकृया