सिटिजन्स बैंकको यो ब्रान्च सर्दै, कहिलेदेखि नयाँ ठाउँबाट सेवा सुरु हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १५ गते
Advertisement Ads
सिटिजन्स बैंकको यो ब्रान्च सर्दै, कहिलेदेखि नयाँ ठाउँबाट सेवा सुरु हुने ?
Advertisement Ads

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देविघाट शाखा बट्टार बजारमा स्थानान्तरण हुने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण शाखा कार्यालय पूर्ण रूपमा क्षति भएपछि बैंकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार विदुर नगरपालिका–५ मा रहेको देविघाट शाखा सोही स्थानमा निकट भविष्यमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले करिब ७ किलोमिटर दूरीमा रहेको विदुर नगरपालिका–२, बट्टार बजारमा स्थानान्तरण गरिनेछ।

उक्त शाखाबाट २०८३ मंसिर १७ गतेदेखि सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुनेछ। स्थानान्तरणसँगै देविघाट शाखाको नाम परिवर्तन गरी बट्टार शाखा कायम गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स