एनआईसी एशिया बैंकको यी ७ वटा ब्रान्च मर्ज हुँदै, कुन कहाँ गाभिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
एनआईसी एशिया बैंकको यी ७ वटा ब्रान्च मर्ज हुँदै, कुन कहाँ गाभिने ?
Advertisement Ads

एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न जिल्लामा सञ्चालनमा रहेका ७ वटा शाखा कार्यालय एकआपसमा समायोजन गर्ने भएको छ। बैंकले २०८३ माघ १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गर्न लागेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौँ, भक्तपुर, रुपन्देही र झापामा रहेका शाखा समायोजन गरिनेछन्। समायोजनपछि सम्बन्धित शाखाका ग्राहकले कायम रहने शाखाबाटै साविकबमोजिमका सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा लिन सक्नेछन्।

कुन शाखा कहाँ गाभिँदै छन्?

काठमाडौँको ठूलो भर्‍याङ शाखा स्वयम्भू शाखामा समायोजन हुनेछ। त्यस्तै, रुपन्देहीको राममन्दिर बुटवल शाखा बुटवल शाखामा, देवीनगर शाखा राजमार्ग चौराहा शाखामा र देवकोटा चोक शाखा भैरहवा शाखामा गाभिनेछन्।

झापाको फाल्गुनन्द चोक शाखा दमक शाखामा, काठमाडौँको ट्याङ्लाफाँट शाखा कीर्तिपुर शाखामा तथा भक्तपुरको बोडे शाखा पुरानो ठिमी शाखामा समायोजन हुने बैंकले जनाएको छ।

Advertisement Ads

866141251 3702206856593955 9005957286263093056 n https://bajarkochirfar.com/these-7-branches-of-nic-asia-bank-are-merging-which-one-will-be-merged-with-which | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स