अब उपत्यकाबाटै अन्य जिल्लाका नागरिकता प्रतिलिपि लिन सकिने, कुन प्रदेशका लागि कहाँ जाने?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
अब उपत्यकाबाटै अन्य जिल्लाका नागरिकता प्रतिलिपि लिन सकिने, कुन प्रदेशका लागि कहाँ जाने?
Advertisement Ads

काठमाडौँ उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले अब उपत्यकाभित्रकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्। गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले प्रदेशगत रूपमा जिम्मेवारी बाँडफाँड गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएका हुन्।

सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो। गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशगत जिम्मेवारी तोकिएको छ।

कुन प्रदेशका नागरिक कहाँ जाने?

काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाबाट नागरिकता लिएका नागरिकले प्रतिलिपि लिन सक्नेछन्। ललितपुर जिल्ला प्रशासन कार्यालयलाई कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको जिम्मेवारी दिइएको छ। त्यस्तै, भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशअन्तर्गतका जिल्लाबाट नागरिकता लिएका नागरिकले प्रतिलिपि लिन सक्नेछन्।

कुन अवस्थामा पाइन्छ प्रतिलिपि?

Advertisement Ads

नागरिकता आगलागी वा पानीका कारण नष्ट भएमा, च्यातिएर प्रयोग गर्न नमिल्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा यो सुविधा लिन सकिनेछ।

तर, प्रतिलिपिका लागि निवेदन दिने व्यक्तिको जैविक (बायोमेट्रिक) विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको अभिलेखसँग मिल्नुपर्नेछ। प्रणालीमा विवरण प्रमाणित भएपछि मात्र प्रतिलिपि जारी गरिनेछ।

यी अवस्थामा भने गृहजिल्लामै जानुपर्ने

प्रणालीमा अभिलेख नभिडेमा, पुरानो नागरिकतामा रहेको नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याउनुपर्ने भएमा तथा निवेदक पहिलो दृष्टिमै शंकास्पद देखिएमा सम्बन्धित व्यक्तिले नागरिकता जारी भएको साबिककै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

WhatsApp Image 2026 10 28 at 09.54.24 https://bajarkochirfar.com/now-you-can-get-a-copy-of-your-citizenship-from-other-districts-from-the-valley-where-to-go-for-which-province | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स