श्रम कार्यालयको निर्देशनपछि गौतम बुद्ध मुटु अस्पतालले २४० कर्मचारीलाई दियो दसैँ खर्च

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
श्रम कार्यालयको निर्देशनपछि गौतम बुद्ध मुटु अस्पतालले २४० कर्मचारीलाई दियो दसैँ खर्च
Advertisement Ads

रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई दसैँ खर्चबापत ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको छ। चाडपर्व खर्च नपाएको भन्दै श्रमिकबाट गुनासो आएपछि श्रम तथा रोजगार कार्यालय बुटवलले अस्पताललाई भुक्तानी गर्न निर्देशन दिएको थियो।

श्रम तथा रोजगार कार्यालय बुटवलले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रमिकको चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको थियो। पत्रमा श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था स्मरण गराइएको थियो।

एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई समेत उनीहरूले काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको कार्यालयले पत्रमा उल्लेख गरेको थियो।

अस्पतालले श्रम कार्यालयको पत्रको जवाफ दिँदै २०८३ असोज २९ गते नै २४० जना कर्मचारीलाई एक महिनाको आधारभूत पारिश्रमिक बराबरको दसैँ खर्च भुक्तानी गरिसकेको जनाएको छ। अस्पतालले २०८३ कात्तिक ९ गते श्रम कार्यालयमा भुक्तानीसम्बन्धी विवरण पेस गरेको हो।

अस्पतालले कर्मचारीको सेवा सुविधासहित कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको प्रमाण पनि श्रम कार्यालयमा बुझाएको छ। भुक्तानी पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित सूचीसमेत पेस गरेको जनाएको छ।

Advertisement Ads

गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित अस्पताल प्रशासनले आफ्ना सम्पूर्ण कर्मचारीको हकहित र सेवा सुविधाप्रति प्रतिबद्ध रहेको जनाउँदै चाडपर्व खर्च भुक्तानी प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स