विश्वका ९ उत्कृष्ट वाइल्डलाइफ रिसोर्टमा नेपालको मेघौली सेराई, बस्न कति खर्च लाग्छ ?

Advertisement Ads
विश्वका ९ उत्कृष्ट वाइल्डलाइफ रिसोर्टमा नेपालको मेघौली सेराई, बस्न कति खर्च लाग्छ ?
Advertisement Ads

बेलायतको प्रतिष्ठित दैनिक ‘द टाइम्स’ले सार्वजनिक गरेको विश्वका ९ उत्कृष्ट वाइल्डलाइफ रिसोर्टको सूचीमा नेपालको मेघौली सेराई पनि परेको छ। चितवन राष्ट्रिय निकुञ्जको सिमानामा राप्ती नदी किनारमा रहेको यो रिसोर्ट बोत्स्वानाको ओकाभाङ्गो डेल्टा, तान्जानियाको सेरेंगेटी र इक्वेडरको ग्यालापागोस टापुका रिसोर्टसँगै सूचीमा समेटिएको हो।

द टाइम्सले मेघौली सेराईको आधुनिक डिजाइन, परिष्कृत सेवा र स्थानीय थारु संस्कृतिको संयोजनलाई विशेष महत्त्व दिएको छ। रिसोर्टमा ३० वटा कोठा तथा भिला छन्। यहाँबाट राप्ती नदी, जंगल र घाँसे मैदानको दृश्य अवलोकन गर्न सकिन्छ। अधिकांश कोठामा निजी प्लन्ज पुल वा डेकसमेत रहेको छ।

रिसोर्टमा आउने पर्यटकले जिप सफारी, नदी सफारी र जंगल पदयात्रामार्फत चितवनको जैविक विविधता अनुभव गर्न सक्छन्। चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, पाटे बाघ, एसियाली हात्ती, घडियाल गोहीलगायत वन्यजन्तु पाइन्छन्।

चौधरी ग्रुपको लगानीमा बनेको मेघौली सेराईको व्यवस्थापन भारतको ताज होटल्सले गर्दै आएको छ। द टाइम्समा प्रकाशित विवरणअनुसार यहाँ दुई जनाका लागि खानासहितको कोठाको मूल्य ८५० पाउन्ड स्टर्लिङदेखि सुरु हुन्छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स